आश्विन २३ २०८२, बिहिबार
023 475186

JIBAN PRADHAN KOSH

जीवन प्रदान कोष :

संस्थाका शेयर सदस्यको परिवारमा जन्मदेखि मृत्यु पर्यन्त नवोदय साथमा रहने र हरेक सुख दुखमा हातेमालो गर्दै आवश्यक सेवा सुविधा प्रदान गर्ने लक्ष्य राखेर यो जिवन प्रदान कोषको अवधारणा अघि सारिएको छ । यस अघि संचालनमा रहेको सदस्य अवसान राहत कोष यसै कोषमा समावेश गरिएको हुँदा पहिले सो कोषको सदस्यले जिवन प्रदान कोषमा आवद्ध भए पछि दुवै तर्फको सविधा प्राप्त गर्न सक्ने छन् । यस कोषमा अवद्ध हुनका लागि न्यूनतम रु.१,०००।– को शेयर खरिद गरि प्रत्येक वर्ष रु.५००।– शुल्क बुझाएको हुनुपर्ने छ । यस कोष अन्तर्गतका सम्पूर्ण सुविधाहरु प्राप्त गर्न पहिलो पटक शुल्क बुझाएको मितिले ३ महिना अवधि पुरा भएको हुनुपर्नेछ, यदि समय अवधी कटेपछि शुल्क बुझाएमा नयाँ सोसरह गणना गरिनेछ । 

जीवन प्रदान कोषबाट प्राप्त हुने सेवा सुविधाहरु देहाय बमोजिम हुने छन् :

१. औध्र्वदैहिक सुविधा

२. प्रसुती सुविधा

३. बालबालिका वचत सुविधा

४. औषधी उपचार सुविधा

५. दुर्घटना राहत सुविधा 

६. आवास सुरक्षा सुविधा

७. जेष्ठ नागरिक दशै खर्च सुविधा 

८. नव दुलही स्वागत सुविधा 

९.चौरासी पूजन सुविधा 

१. औध्र्वदैहिक सुविधा :
संस्थाको शेयर सदस्य वा सदस्यको परिवारका तोकिएका सदस्यको देहावसान भएको बेला प्रदान गरिने सुविधालाई औध्र्वदैहिक सुविधा भनिनेछ । यस अन्तर्गत देहाय बमोजिमको सुविधा प्रदान गरिने छ :

सुविधा नपाइने अवस्था :

२. प्रसुती सुविधा :

यस संस्थाका सदस्य वा कर्मचारीहरु सुत्केरी अवस्थामा पोषिलो खाना खुवाउन आवश्यक छ भनी चेतना जगाउन तथा सुत्केरी भेटघाट अन्तर्गत दिइने सुविधालाई प्रसुती सुविधा भनिनेछ । 

सुविधा उपलब्ध नहुने अवस्था :

३. बाल बालिका वचत सुविधा :

संस्थाका महिला शेयर सदस्य सुत्केरी भई बालक जन्मिएमा रु.५००।- र बालिका जन्मिएमा रु.१,०००।- को खाता सुत्केरी भेटघाटमै खोलि पासबुक उपलब्ध गराईनेछ । 

यो सुविधा उपलब्ध नहुने अवस्था :

४. औषधी उपचार  सुविधा :

यस संस्थाका सदस्यहरुलाई जटिल प्रकृतिका रोग (क्यान्सर, मृगौला फेल ब्रेनट्रयुमर ,ब्रेन हेमरेज र मुटुको रोग)  लागेमा वा पथरिको अप्रेसन,पाठेघरको अप्रेसन,पित्त थैलिको अप्रेसन, आखाको अप्रेसन जस्ता अबस्थामा सामान्य सहयोग पुयाउने अभिप्रायले यो सुविधाको व्यवस्था गरिएको छ । 

यो सुविधा उपलब्ध नहुने अवस्था :

 

 

५. दुर्घटना राहत सुविधा :

संस्थाका सदस्यलाई निम्न बमोजिमको दुर्घटना भएमा बढिमा रु.२,०००।- सम्म दिइने सुविधालाई दुर्घटना राहत सुविधा भनिनेछ ।

(चिकित्सक बाट प्रमाणित कागजात पेश गर्नुपर्नें)

 

६) आवास सुरक्षा सुविधा :
यस संस्थाका सदस्य आफै बस्ने घर बाढी पहिरो, भुकम्प, आगलागी र चटयाङ्ग
जस्ता प्राकृतिक विपत्तिका कारण क्षति भएमा बढिमा रु.१०,०००।- सम्म दिइने राहत सुविधालाई आवास सुरक्षा सुविधा भनिनेछ । 

सुविधा उपलब्ध नहुने अवस्था :

 ७) जेष्ठ नागरिक दशैं खर्च सुविधा : 

यस संस्थाका शेयर सदस्य ७० वर्ष पूरा भएपछि दशैं अधि संस्थाले तोकिएको रकम जेष्ठ नागरिकलाई दिइने सुविधालाई जेष्ठ नागरिक दशै खर्च सुविधा भनिनेछ ।

जेष्ठ नागरिक दशै खर्च उपलब्ध नहुने अवस्था :

८) नव दुलही स्वागत सुविधा :
यस संस्थाको सदस्यको छोराको विवाहमा नव दुलही स्वागत तथा विवाहित दम्पत्तिलाई शुभ आशिर्वाद दिने व्यवस्थालाई नव दुलही स्वागत सुविधा भनिनेछ । 

 

 

९) चौरासी पुजन सुविधा :
संस्थाका सदस्य वा गैर सदस्य ८३ वर्ष ३ महिना पुरा गरेका जेष्ठ नागरिक लाई चौरासी पूजा गर्नका निमित्त व्यवस्थापन गरिने कार्यलाई चौरासी पूजा सुविधा भनिनेछ ।