बहुउद्देश्यीय संयुक्त सहकारी कृषि फर्म सञ्चालन :


| कमल गाउँपालिकामा मुख्य कार्यालय रही काम गरिरहेका ३ वटा बहुउद्देश्यीय सहकारी संस्था नवोदय, पूर्वनेपाल र इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाको सयुक्त कृषि फार्म दर्ता गरी धान सुपरजोनमा समेत सूचिकृत गरी ५७ बिगाहा जमिनको पूर्ण प्रयोग गर्दै धान खेती संचालनमा रहेको छ। उक्त कृषि फर्ममा ३ वटा भवन, २ थान ट्याक्टर,१ थान हारभेस्टर, १ थान धान सुकाउने ड्रायर, तथा १ थान धान रोप्ने (राईस प्लान्टर) मेसिन, १ थान मकै गहुँ रोप्ने मेसिन, २ थान रिपर, १ थान लेजर लेवलर, १० थान पानीको मोटर, २ थान स्प्रे ट्याङ्की, १० थान विद्युत मिटर, १/२" १ थान पानी तान्ने मोटर सामग्रीहरु रहेकाछन । |